2. लक्षण र हेरचाह
डेंगीका मूख्य लक्षणहरू
- उच्च ज्वरो आउनु

- जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु

- आँखाको गेडी दुख्नु

- बेस्सरी टाउको दुख्नु

- शरीरमा राता बिमिराहरू आउनु

- वाकवाकी लाग्नु वा वान्ता हुनु

डेंगीका लक्षणहरू देखिएमा के गर्ने

स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।

- घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागी प्यारासिटामोलको सेवन गर्ने ।
- ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।

अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(८चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )
लामखुट्टेले फुल पार्न सक्ने संभावित घर भित्र र वरपरका पानी जमेको ठाँउहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।
