4. डेंगीको वारेमा सोधिने प्रश्नहरु

1. डेंगी संक्रमण र डेंगी ज्वरो भनेको के हो ?

Dengue flyer 1-How to protect-final-02

यो संक्रमित एडीज जातको पोथी लामखुट्टेले टोकेर हुने एक प्रकारको रोग हो । यदि 4 जना व्यक्ति डेंगी बाट संक्रमित छन् भने 1 जनामा यसका लक्षणहरु देखिन्छन् । बाँकि संक्रमित मानिस रोगि त हुन्छन, तर बिना चिन्ह वा लक्षणको अर्थात् स्वस्थ हुन्छन् । लक्षण देखिएका मानिसहरु मध्ये कोहि मध्यम र कोहि कडा खालको डेंगीका बिरामी हुन्छन् । मध्यम खालको बिरामीमा, रुघखोकिका लक्षणहरु र उच्च ज्वरो (1040 F ), संगै तलका कम्तिमा 2 लक्षणहरु देखिन्छन्ः

वाक वाक लाग्ने, बान्ता हुने, बिमिरा आउने (ज्वरो आएको २–५ दिन पछाडी), आँखा दुख्ने (खांस गरि आँखाको पछाडिको भाग दुख्ने) मांसपेशी दुख्ने, जोर्नी दुख्ने, हड्डी दुख्ने आदि हुन्छन् । यी लक्षणहरू खास गरि 3–7 दिनपछि आफै हराउछन् ।

Dengue flyer 1-How to protect-final-04

लक्षण देखिएका 20 मध्ये 5 जनामा कडा खालको डेंगी देखिन्छन । कडा खालको डेंगी देखिने बिरामीहरुमा ज्वरो आउन छोडेको 24 - 48 घण्टा पछाडी पूर्व सुचना मुलक (Warning Signs) देखिन्छन् । जस्तैः

  • पेट दुख्ने वा थिच्दा पेट दुख्ने
  • बान्ता हुने (24 घन्टामा कमसे कम 3 पटक )
  • नाक र गिजाबाट रगत निस्कने
  • रगत छाद्ने, दिसामा रगत देखिने
  • थकित हुने, छटपटी लाग्ने, झर्को लाग्ने
Untitled-1-04

माथिका कुनै लक्षणहरु देखिएको थाहा हुने बितिकै नजिकको स्वास्थ्य संस्था वा अस्पताल वा आकस्मिक सेवाका लागि सम्पर्क गर्नुपर्ने हुन्छ । किनभने यसपछि रगतबाट उबिकmब चुहावटको कारणले मान्छे अचेत हुने, पेट र छातीमा पानी जम्ने, दम बढ्ने (Respiratory Distress), उच्च रक्तश्राव हुने, भित्रि अंगहरुमा ठुलो क्षति हुने हुन्छ ।


2. डेंगी कसरी फैलिंछ?

पोथी जातको एडीज लामखुट्टेले पहिला संक्रमित व्यक्तिलाई टोकेर पुनः स्वस्थ व्यक्तिलाई टोक्यो भने यो रोग सर्छ । एउटा संक्रमित लामखुट्टेले आफु बाचुन्जेल रोग सार्छ र रोग त्यसको अन्डाबाट नया बंशमा सर्छ ।

Dengue flyer 1-How to protect-final-07

डेंगीको लामखुट्टले दिनमा टोक्छ तर यो यसले धेरै टोक्ने भनेको (peak bite) बिहान सुर्योदय पछिको 2 घण्टा र बेलुका सुर्योदय आगाडी 2 घण्टा हो । संक्रमित गर्भवती महिलाले गर्भको बच्चालाई डेंगी सार्न सक्नुका साथै बच्चा जन्मिने बेलामा पनि सर्न सक्दछ ।


3. संक्रमित लामखुट्टेले टोकेको कहिलेबाट चिन्ह र लक्षणहरु देखिन्छ?

3–14 (औसतमा 4-6) दिन भित्र सर्न सक्छ, यो रोग एउटा संक्रमित व्यक्तिले प्रत्यक्ष सम्पर्कबाट अर्को व्यक्तिमा सार्न सक्दैन । तर संक्रमित व्यक्तिले लक्षण देखिएको 6-12 घण्टा आगाडी देखि लिएर 3-5 दिन पछाडीसम्म लामखुट्टेलाई यो रोगको भाइरस सार्न सक्छ ।


4. डेंगीको जोखिममा को को हुन सक्छन्?

संक्रमित एडीज लामखुट्टेले टोकेको जसलाई पनि डेंगी लाग्न सक्छ । डेंगीज्वरो मान्छेको उमेर, प्रतिरक्षात्मक शक्ति र डेंगी भाइरसको किसिममा भर पर्दछ । यदि पहिला कसैलाई एउटा Sero Type को कारणले डेंगी भएको थियो, पुनः अर्को Sero Type कारणले डेंगी भएको छ भने रक्तश्राव हुने र कडा खालको डेंगी हुने खतरा धेरै हुन्छ । त्यस्तै १ बर्ष मुनिका बालबालिका, बृद्ध, मोटोपन भएको पेटमा घाउ-Ulcer_भएको व्यक्ति, गर्भवती महिला, रजस्वला भएका बेला असामान्य रक्तश्राव हुने महिला, रगत सम्बन्धि रोग, दिर्घ रोगिहरु, कतभचयष्म खाने बिरामीहरुलाई किनभने डेगीं लागिसकेपछि यस्तो समुहमा रक्तश्राव हुने र मृत्यु हुने सम्भावना धेरै हुन्छ ।


5. ज्वरो धेरै किसिमका हुन्छन्, हामीले कतिखेर डेंगी भएको शंका गर्ने?

उच्च ज्वरोसँगै आँखाको पछाडीको भाग, मांसपेशी, जोर्नी धेरै दुखेको, छालामा बिमिरा आएको भएमा डेंगीको शंका गर्नुपर्छ । जोर्नीमा धेरै दुख्ने भएकोले पनि यसलाई break bone fever भनिन्छ ।


6. डेंगी भए नभएको निश्चित कसरी गर्ने?

चिन्ह र लक्षण बाहेक डेंगी फैलिएको क्षेत्रमा रगतमा complete blood count, platelets , haematocrit जांच गरेर पहिलो हप्तामा Antigen Test गरेर अथवा बिरामी परेको ५ दिनपछि यसको antibody test गरेर निश्चित गर्न सकिन्छ । तर Confirmatory test सुरुवातमा रोग निदानको लागि आवश्यक हो तर case management को लागि यसको कुनै भूमिका छैन ।


7. के एउटै व्यक्तिलाई दोहराएर डेंगी हुन सक्छ?

कुनै एउटा Sero Type भाइरसको कारण मानिसलाई डेंगीलाग्दा त्यस बिरुद्ध प्रतिरक्षात्मक शक्ति प्राप्त हुन्छ, त्यहि भाइरसको कारणले मान्छेलाई डेंगी दोहराएर लाग्दैन । तर डेंगुको भाइरस 4 Sero Type को हुने भएकोले पुनः अर्को Sero Type को कारणले डेंगी लाग्नसक्छ अथवा एकजनालाई जीवन भरिमा अधिकतम ४ पटक सम्म डेंगी लाग्नसक्छ । एकै ब्यक्तिलाई दोहराएर डेंगी सर्दा जटिलता हुने सम्भावना बढी हुन्छ ।


8. डेंगीको लामखुट्टे कस्ता खालका हुन्छन्?

डेंगीको लामखुट्टेको शरीर र खुट्टामा सेतो कउयत भएकोले सजिलै चिन्न सकिन्छ । यो लामखुट्टे 100-500 मिटर (औसतमा 400 मिटर) सम्म उड्न सक्छ । पोथी जातको लामखुट्टेले मात्र मान्छेलाई टोक्छ । डेंगुको लामखुट्टे -Aedes aegypti_ खास गरि घर भित्र अँध्यारो ठाउँमा भित्तामा, दराजको सतहमा र घर बाहिर चिसो छाँया परेको भागमा आराम गर्दछ ।

Untitled-1-05

यो खुला अयलतबष्लभच जस्तै प्लास्टिक, गमला, शिशी, बोत्तल, टायर आदिमा थोरै जमेको पानी भएपनि यसमा फूल पार्छ र यो फूल करिब १० दिनमा Larva, Peupa हुदै बयस्कमा परिवर्तन हुन्छ ।


9. के डेंगी बिरामीलाई घरमै उपचार गर्न सकिन्छ?

डेंगी ज्वरो आएको धेरै बिरामीहरुको घरमै उपचार गर्न सकिन्छ । यसको उपचार भनेको आराम गर्ने र अधिकतम झोल पदार्थका साथै पानी पिउने । उपलब्ध भए जीवन जल खाने र लामखुट्टेको टोकाई बाट बच्ने र warning sign को अनुगमन गर्ने ।

Untitled-1-07


10. डेंगीको खास उपचार के हो ?

डेंगीको खास उपचार छैन तर ज्वरो र शरीरको दुखाइ कम गर्नलाई Paracetamol -Drug of Choice_ दिनको चार पटकसम्म लिन सकिन्छ । Aspirin अथवा Ibuprofen खानु हुदैन । यसले रक्तश्रावको जोखिमलाई बढाउन सक्छ ।


11. के डेंगी लागेर मान्छे मर्न सक्छ?

डेंगीज्वरो मात्र आएको मान्छे मर्दैन तर जटिलताको stage हरु Dengue Haemorrhagic अथवा Dengue Shock Syndrome देखियो भन्ने, त्यसलाई अस्पतालमा उपचार र ब्यवस्थापन गर्न सकेन भन्ने मृत्यूको सम्भावना हुन्छ ‚ समयमै उपचार गरेमा बिरामी पूणरुपमा निको हुन्छन् ।


12. डेंगीबिरुद्ध भ्याक्सिन उपलब्ध छन्?

यसको बिरुद्ध भ्याक्सिन बजारमा उपलब्ध छैन तर परीक्षण भैरहेको छ ।


13. के बिरामीको लक्षणहरु लामो समयसम्म ?

बिरामी १–२ हप्ता भित्र निको हुन्छ । यदि यो भन्दा लामो समयसम्म थकान महसुस गरेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।


14. डेंगुबाट हामी कसरी बच्ने?

खोज र नस्ट गर अभियान डेंगीबाट बच्ने एक मात्र अचुक उपाय हो । बाहिर फालिएको प्लास्टिकको भाडा, टुक्राहरू, टीन, टायर आदि जसमा थोरै भए पनि पानी जम्मा हुन सक्छ, त्यसको ब्यवस्थापन गर्नुपर्छ । कुनै पनि पानीको भाँडा, बाल्टिन, जार, गमला अथवा Reservoir को मुख खुला राख्नु हुदैन । पानी जम्मा हुने सबै फालिएको कन्टेनरहरु हप्ताको एकचोटी भएपनि घरको सदस्य आफै वा स्वयंसेवकले खोजेर प्रयोग नहुने समान नस्ट गर्नुपर्दछ, । प्रयोग गरिएका कन्टेनरहरु सफा गर्नुपर्छ अथवा कन्टेनरको पानी फेर्नुपर्दछ । यसको लामखुट्टे धेरै टाढा सम्म उड्न नसकेकोले कम्तिमा आफ्नो घरको र वरिपरिको पानी जम्मा हुने कन्टेनर हप्ताको एकचोटी नस्ट गर्न सके अथवा सफा गर्न सके डेंगीबाट बच्ने सम्भावना धेरै हुन्छ।

Untitled-1-06

खोज र नस्ट गर अभियानमा सामान्यतया 2 वटा mechanism प्रयोग गर्न सकिन्छ ।

क. घरको वरिपरी घरको सदस्य आफैले कम्तिमा हप्ताको एकपटक

ख. स्वयंसेवकको टोलि दिनको 20 वटा घरमा पुगेर कन्टेनर नस्ट गर्यो भने 7 दिनमा 140 वटा घरको वरिपरी कन्टेनर नस्ट गर्न सकिन्छ । यसलाई पुनः अर्को हप्ता दोहराउने, घरको सदस्यलाई सिकाउदै निरन्तर रुपममा दोहरायो भन्ने बिस्तारै ब्यबहार परिवर्तन हुन्छ ।

नोटः यसको अनुगमन र प्रोत्साहन स्थानीय पालिकाबाट भयो भने डेंगी रोकथामको प्रभावकारिता बढ्छ ।

Untitled-1-09

खोज र नस्ट गर अभियानको अतिरिक्त हामी सबले बिहान सुर्योदयको २ घण्टा पछी र सूर्यास्तको २ घण्टा अघि लामखुट्टेको टोकाई बाट बच्न सकेमा डेंगी सर्ने सम्भावना ५०५ प्रतिशतले घट्छ । दिनभरी जुन हदसम्म हामी लामखुट्टेको टोकाई बाट बच्न सक्यो, त्यहि हदसम्म डेंगी सर्ने सम्भावना कम हुन्छ । लामखुट्टेको टोकाई बाट बच्न शरीर ढाक्ने गरी कपडा लगाउने अथवा कपडाले नढाकेको भागमा क्रिम लगाउने । खास गरि दिनमा बालबालिका तथा बृद्धबृद्धाले आराम गर्दा झुल भित्र आराम गर्ने।


15. डेंगी लामखुट्टेको लागि सुहाउदो बातावरण के हो?

15 - 32° सेन्टिग्रेट तापक्रम यसको लागि उपयुक्त तापक्रम हो । तल 10° र माथि 35° सेन्टिग्रेटमा निस्क्रय हुन्छ । त्यस्तै 55(85% (औसत 75%) सापेक्षित आद्रता यसको अनुकुल आद्रता हो ।

अघिल्लो