6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-06

हैजा (Cholera) रोग विरुद्धको खोप अभियान २०७९: हैजा रोग विरुद्धको खोपबारे बारम्बार सोधिने प्रश्नहरू

1.हैजा रोग वरिुद्धको खोप कस्तो प्रकारको खोप हो?

हैजा रोग वरिुद्घ खुवाइने खोप सुरक्षति र प्रभावकारी खोप हो । यस खोपको दुबै मात्रा पाएको ७ दनिपछि हैजा रोग वरिुद्ध सुरक्षा प्रदान गर्दछ । यो खोपले कम्तमिा ५ वर्षसम्म सुरक्षा प्रदान गर्दछ । खोप पाएपछि पनि हामीले सरसफाईका सबै व्यवहारहरू (चर्पीमा मात्र दसिापसिाब गर्ने, साबुन पानीले नयिमति हात धुने आदि ) को पालना गर्नुपर्छ । यसका साथै, शुद्धकिरण गरेको पानी मात्र पउिनु पर्छ ।


2. यो खोप लिन किन जरूरी छ ?

हैजा रोगबाट बचाउनुका साथै रोग सर्न नदिई समुदायमा हैजा रोगको प्रभावलाई कम गराउनका लागि खोप लिन जरूरी छ ।


3. यो खोप कुन उमेर समूहलाई दिईन्छ ?

यो खोप तोकिएका पालिकाका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई दिइन्छ ।


4. यो खोप अभियान कहाँ हुँदैछ ?

यो खोप अभयिान काठमाडौंको वडा नं। ११, १२ र १३ मा संचालन गरनिे छ । यो खोप तोकएिका खोप केन्द्रबाट निःशुल्क दइिन्छ ।


5. यो खोप कसले खानु हुदैन ?

यो खोप एक बर्ष मुनिका बालबालिका, पखाला लागेका (Acute gastroenteritis)र ज्वरो (Acute febrile illness) आएको व्यत्तिफ्ले लगाउन मिल्दैन तर बिमारी निको भए पछि भने खोप खान मिल्छ । यदि पहिलो मात्रा खोप खाँदा कुनै प्रतिकृया (Hypersensitivity)देखिएमा दोस्रो मात्रा खुवाउनु हुँदैन ।


6. के स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ?

माथि उल्लेखित रोगहरू लागेका बाहेक रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यत्तिफ्हरू जस्तै एच.आई.भी/एड्स लागेका, कुपोषण भएका, कोभिड–१९ लागेर निको भएका व्यत्तिले पनि यो खोप खान मिल्छ ।


7. यो खोप कत्तिको सुरक्षित छ ?

सुरक्षित छ । स्यानकोल (Shanchol) नामक यो खोपलाई विश्व स्वास्थ्य संगठनले सन् २०११ मा प्रयोगको लागि गुणस्तर प्रमाणित (WHO prequalified) गरेको छ र नेपाल सरकारले पनि यो खोपलाई अनुमति दिई सकेको छ ।


8. यो खोपको कति मात्रा दिनुपर्छ ?

कम्तिमा २–४ हप्ताको पफ्रकमा यो खोपको दुई मात्रा खुवाउनुपर्छ ।


9. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?

खोप लिएपछि केहि सामान्य असरहरू देखिन सक्छन् । कसै कसैलाई हल्का ज्वरो आउन पेट दुख्ने, हल्का वाकवाकी वा पखाला लाग्ने, चिलाउने, स–साना बिमिरा/खटिरा आउने, जस्ता सामान्य असरहरू देखिन सक्छ जुन बिस्तारै ठिक भएर जान्छ । अवस्था जटिल हुँदै गएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ ।


पूर्ण रुपले सुरक्षित हुन हैजा विरुद्धको खोपको दोस्रो मात्रा खानैपर्छ । खोप लिएपछि पनि हामीले सरसपफईका सबै व्यवहारहरूको (दिसापिसाब चर्पिमा मात्र गर्ने, पानीलाई शुद्धिकरण गरेर मात्र पिउने, साबुनपानीले मिचिमिचि हात धुने आदि) सधै पालना गर्नुपर्छ ।

Screenshot 2024-07-04 at 1.57.39 AM
अघिल्लो अर्को