Phys Health My Plate.png

पोषण के हो ?

तपाईको शरीरको आवश्यकता अनुरुपको तपाईले खाने खानाका प्रकार र मात्रा नै पोषण हो । सही पोषण भनेको तपाईले शरीरलाई चाहिने पोषक तत्वको सही मात्रामा उपभोग गरेको अवस्था हो । सही पोषणले व्यक्तिलाई स्वस्थ जीवनयापन तर्फ अग्रसर गराउँदछ ।

हरेक खानाको निश्चित उद्देश्यहरू छन्

खानामा विभिन्न प्रकारका पोषणका तत्वहरू पाइन्छन्, जस्तै ः

  • प्रोटिन
  • काब्रोहाइड्रेट
  • चिल्लो पदार्थ वा फ्याट
  • भिटामिन
  • मिनरल वा खनिज पदार्थ

एक स्वस्थ शरीरका निम्ति हामीलाई माथि उल्लेखित सबै पोषक तत्वहरूको आवश्यकता पर्दछ । काब्रोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थले हाम्रो शरीरलाई बलियो बनाउने र शरीरमा उर्जा प्रदान गर्छ भने खनिज पदार्थ र भिटामिनले हाम्रो रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुका साथै शरीरलाई स्वस्थ राख्नमा मद्दत पुर्‍याउँदछ ।

खानालाई हामीले तिनमा भएका पोषक तत्वका आधारमा मासु, दृधजन्य परिकार, फलफुल र हरियो सागसब्जी गरेर चार भागमा बाड्ने गर्दछौं । उदारहणका लागि दुधजन्य परिकारबाट हामी क्यालसियम र प्रोटिन प्राप्त गर्दछौं भने फलफुल समूहबाट हामी भिटामिन सी प्राप्त गछौं । भिन्नभिन्न प्रकारका खानाहरूको छनौटले तपाईको शरीरलाई स्वस्थ राख्नुको साथै तपाईको खानालाई आकर्षक पनि बनाउँछ ।

अर्को