Phys Health at School.png

विद्यालयमा स्वास्थ्यकर खाना

विद्यालयमा स्वस्थ बानीहरू

विद्यालयको व्यस्त दैनिकीका लागि उर्जा प्राप्त गर्न बिहानको नास्ता र हामीले लग्ने खाजा स्वस्थ र पोषणयुक्त हुन आवश्यक हुन्छ । कहिलेकाँहि तपाईलाई घरबाट खाजा नलगी विद्यालयकै क्यान्टिनमा गएर खान मनलाग्न पनि सक्छ । त्यसकारण हामीले खाने खाजामा कुन चाँहि खाना वा पेय पदार्थ स्वास्थ्यकर छ भनी थाह पाउन आवश्यक हुन्छ ।

विद्यालयको क्यान्टिनमा पोषणयुक्त खानाको छनौट

यहाँ हामीले विद्यालय हाताभित्र रहेको क्यान्टिनमा खाजा खान जाँदा कसरी स्वास्थ्यलाई ध्यानमा राख्दै खाजाका परिकारहरूको छनौट गर्ने भन्ने कुरा उल्लेख गरेका छौं । हामीले खान जाँदा धेरै अन्न मिसिएका, पूर्ण रुपमा अन्नले बनेका समोसा, रोटी लगायतका खाजाहरू छनौट गर्नुपर्दछ । खाजालाई थप सन्तुलित बनाउनका लागि चिल्लो पदार्थ कम भएका मासु, सलाद, माछा, अण्डा, दालका दाना पिसेर बनाइने रोटीहरू (जस्तै मासको बारा) खान सक्छौं ।

  • पूर्ण रुपमा अन्नले बनेका समोसाहरूको साथमा ताजा सूप वा झोल
  • सिमी वा दाल मिसाएर साथमा एभोकाडो सहित मकैको खोले
  • भात र साथमा हरिया सागसब्जी, कुखुराको मासुको तरकारी

विद्यालय भित्रैको क्यान्टिनबाट खाजा लिने सोच्नु भएको छ भने निम्न विकल्पहरू मध्येबाट छान्न सक्नुहुनेछ ः

  • फलफुल सहितको सलाद वा पुरै फलफुल नै
  • चिल्लो पदार्थ कम भएको दहि र फलफुल
  • तेलमा भुट्नुका साटो तातो हावामा फुलाइएका मकै
  • हरिया सागसब्जीहरू र साथमा उसिनेको अण्डा
  • किसमिस वा फ्रुट केक

विद्यालयको क्यान्टिनबाट पानी किन्नुको साटो सधैँ घरैबाट पानी लानुहोस् वा विद्यालयमा नै प्रशोधित गरिएको शुद्ध पानीको व्यवस्था छ भने आफ्नो पानीको बोतलमा पानी भरेर लानुहोस् । पेयपदार्थको छनौट गर्दा सकेसम्म पानी अन्यथा चिल्लो पदार्थ कम गरिएका दुध र सोय पेय पदार्थ (जस्तै केशरको दुध आदि) को छनौट गर्नुहोस् ।

विद्यालयको क्यान्टिनमा पाइन सक्ने अस्वस्थ खाना पेय पदार्थहरू

“कतिपय अवस्थामा” हामीले खाने खानाहरू अत्यधिक मात्रामा बफ्याइएका (जस्तै बिस्कुट, ससेज आदि), चिनी र नून भएका खानाहरू हुने गर्दछन् । यस्ता किसिमका खानाहरू विद्यालयका क्यान्टिन र यसका मेनुहरूमा तपाईले प्रशस्त मात्रामा देख्न पाउनु हुन्छ । ती खानाहरू तपाईको स्वास्थ्यको लागि लाभदायक हुँदैनन् । यी र यस्ता प्रकारका परिकारहरूले एकैछिनका लागि उर्जा दिएजस्तो भए पनि दिनभर तपाईलाई उर्जाहिन वा आलस्य बनाउने गर्छ । यदि यस्ता प्रकारका खाद्य सामग्रीको अत्याधिक प्रयोग गरिएको खण्डमा यसले अनावश्यक तौल बढाउने काम पनि गर्छ ।

  • बेस्कन तारेका खानेकुराहरू जस्तै चिप्स, कुखुराको तारेका परिकार, फ्राइ ममहरू आदि ।
  • तेलमा झानिएका विभिन्न परिकाहरू जस्तै ससेज, पेस्ट्री केक, डोनट, चकलेट र अन्य गुलिया खानेकुराहरू जस्तै लालमोहन आदि ।
  • स्क्वास्स जस्ता विभिन्न स्वाद र रङ्ग मिसाइएका पानी वा पेय पदार्थ, शक्ति दिने पेय पदार्थ (ईनर्जी ड्रिङ्क्स), विभिन्न स्वाद मिसाइएका दुधहरू, फलफुलको जुस
  • मोका, लाटे, क्यापुचिनो लगायतका कफिका विविध प्रकारहरू र कफिको स्वाद मिसाइएका दुधजन्य पेयपदार्थ