Understanding MH - WT - 86 by 86-01.png

मानसिक स्वास्थ्यको बारेमा बुझाई

किशोरकिशोरीको लागि मानसिक स्वास्थ्य राम्रो हुनु आवश्यक छ तर यसो भन्नुको अर्थ के हो र किन यो यति धेरै महत्वपूर्ण छ त ?

मानसिक स्वास्थ्यले व्यक्तिको सामाजिक र भावनात्मक अवस्थाको बारेमा व्याख्या गर्दछ । स्वस्थ जीवनयापन गर्न, आफुले चाहेको काम गर्न, जीवनमा खुशी रहन, सम्बन्धहरू प्रगाढ बनाउन, नयाँ परिवेशमा सहजै घुलमिल हुन र जीवनमा आइपर्ने चुनौतिहरूको सामना गर्नका लागि पनि हाम्रो मानसिक स्वास्थ्य स्वस्थ हुनु पर्दछ । व्यक्ति मानसिक रुपमा स्वस्थ भएको खण्डमा यसले हाम्रो किशोरावस्थाको समयमा मात्र हैन पूरा जिन्दगीभर नै आइपर्ने समस्या र अप्ठयाराहरूसँग जुझ्नका निम्ति हामीलाई सहयोग पुर्‍याउँदछ ।

सामना गर्ने भनेको के हो ?

जीवनमा हरेक व्यक्तिले अप्ठेरो र समस्याको समाना गर्नुपर्दछ, यो सामान्य कुरा हो । सामना गर्नु भनेको नयाँ अवस्थामा आफुलाई समायोजन गर्न सक्नु र समस्यासँग जुझेर पहिलेझैँ बलियो र सक्रिय रुपमा प्रस्तुत हुन सक्ने क्षमता हो । यस्ता व्यक्तिहरूले समस्याहरूसँग जुझ्ने क्रममा आउँदा दिनमा समस्याको सामना गर्न विभिन्न जीवनउपयोगी सीपहरू सिक्ने गर्दछन् । यसले गर्दा व्यक्ति संवेगात्मक र भावनात्मक रुपमा पनि बलियो हुन्छ ।

जब हामीलाई अप्ठ्रो पर्छ, हामी समस्यामा हुन्छौ वा हामी कुनै पीडादायि अनुभव अनुभूत गर्दछौं तब त्यस अवस्थासँग लडेर आफुलाई पुनः उभ्याउनका लागि समस्याको सामना गर्ने र जीवन उपयोगी सीपले हामीलाई मद्दत गर्दछन् । यी दुई सीपहरूको सकारात्मक प्रयोगले हामीलाई हाम्रो मानसिक स्वास्थ्य बलियो बनाउन र समस्याको क्रममा आफुमा अन्तरनिहित क्षमतालाई बाहिर ल्याएर सामना गर्नमा बल पुर्‍याउँछ ।

र सबैभन्दा महत्वपूर्ण कुरा भनेको ः प्रत्येक किशोरकिशोरी र युवा समस्या समाना गर्ने सीप, जीवन उपयोगी सीप र मानसिक स्वास्थ्यलाई बलियो बनाउन सक्षम हुन्छन् ।

हामी कसरी यी सबै सीपहरूलाई बलियो बनाउन सक्छौ भन्ने विषयमा यहाँ हामीले प्रशस्त जानकारीहरू उपलब्ध गराएका छौं । तर सर्वप्रथम हामी हाजिरीजवाफ खेलको माध्यमबाट मानसिक स्वास्थ्यको विषयमा तपाईको जानकारी के कस्तो छ त्यो एकपटक बुझौं है ?

अर्को