Common mental health questions.png

डिप्रेसन

किशोरावस्था र युवावस्थामा दुःखी हुनु, झट्ट मनका भावनाहरू परिवर्तन भइराख्नु सामान्य कुराहरू हुन् । यो उमेर नै चूनौतिपूर्ण हुन्छ । यसबेला पहिले गरेका कुराहरू अब बच्चाले जस्तो के गर्नु भन्ने तर्कना र आफुलाई मनलागेका काम गर्नलाग्दा तिमी त सानै छौं भन्ने तर्क घुमिरहन्छ । सबैकुरा परिवर्तन भइरहेको हुन्छ । यस्तो परिवर्तनशील अवस्थामा व्यक्ति डिप्रेसनमा छ कि छैन भन्ने कुरा सजिलै थाह पाउन कठिन हुन्छ । डिप्रेसन भएका व्यक्तिमा देखिने केहि सामान्य लक्षणहरू हामीले तल उल्लेख गरेका छौं ः

  • दुःखी महसुस गर्नु, रुनु, एकोहोरो हुनु वा दिक्क मान्नु
  • खाली महसुस गर्नु, खासगरी एकाबिहानै यस्तो महसुस हुँदा ज्यादै नरमाइलो हुन्छ
  • आफुलाई केहिसमय अघिसम्म मात्र रमाइलो लाग्ने कुरामा एक्कासी रमाइलो लाग्नु छोड्नु
  • बेस्सरी रिसाउनु, रिसको पारा छुट्नु
  • आफ्नो कुनै मूल्य छैन वा म क्यै होइन भन्ने जस्ता तर्कना आउने र आफुले आफैलाई दोष दिने । यस्तो बेलामा ‘यो सबै मेरै गल्ती हो’ वा ‘यी सबै मेलै गर्दा नै भएको हो’ भन्ने जस्ता कुराहरू मनमा खेल्नु
  • साथीहरूसँग भेटघाट गर्न बन्द गर्नु
  • आफुलाई चोट पु¥याउने वा आत्महत्या गर्ने जस्ता विभिन्न किसिमका नकारात्मक सोचहरूले मनमा डेरा बनाउने । डिप्रेसनमा भएका व्यक्तिले ‘मेरो जीवनको कुनै अर्थ छैन’ वा ‘म अब यसरी बाँच्न सक्दिन’ भन्ने जस्ता कुराहरू बताउन वा सोच्न सक्दछन् ।

डिप्रेसनको असर हाम्रो शारिरमा पनि देखिन सक्छ, जस्तै:

  • थकान, अल्छी वा जाँगर कम भएको महसुस हुने
  • खान्की वा शरीरको तौलमा परिवर्तन हुने
  • यहि कारण भनेर बताउन नसकिने समस्याहरू देखिने जस्तो पेट दुख्ने वा टाउको दुख्ने समस्या हुने
  • निन्द्रा नपर्ने समस्या

डिप्रेसन भएका व्यक्तिहरूमा अक्सर गरेर एकाग्रता, निर्णय गर्ने क्षमता, समस्या समाधान गर्न र स्मरण शक्तिमा ह्रास आउने जस्ता समस्या देखिन्छ।

डिप्रेसन भए नभएको थाह पाउन हामीले यस विषयका विज्ञलाई नै भेट्नु पर्ने हुन्छ।

डिप्रेसनसम्बन्धी प्रश्नोत्तर

तपाईलाई डिप्रेसन बारे कत्तिको थाह छ? हाम्रो हाजिरीजवाफमा सहभागी भएर आफुले आफैलाई मूल्याङ्कन गर्नुहोस्।

डिप्रेसन के कारणले गर्दा हुन्छ?

एउटा छान्नुहोस्

तलका मध्ये कुनै एक भने डिप्रेसनको कारक होइन:

एउटा छान्नुहोस्

डिप्रेसनका लक्षणहरूमा:

एउटा छान्नुहोस्

सही या गलत? डिप्रेसन भनेको औद्योकिकरण भएको पश्चिमा देशहरूमा मात्र देखिने समस्या हो, अरु देशहरूमा यसको कुनै समस्या छैन।

एउटा छान्नुहोस्

सही या गलत? डिप्रेसनको एउटै मात्र उपचार भनेका यो एकदिन आफै निको हुन्छ तसर्थ यसको लागि हामीले पर्खनु पर्ने हुन्छ।

एउटा छान्नुहोस्

सही या गलत? डिप्रेसन हुँदा प्रयोग गरिने औषधीले हामीलाई अम्मली बनाउँछ र कतिपय भावनाहरूलाई निस्तेज पार्दछ।

एउटा छान्नुहोस्

सही या गलत? आफ्नो अवस्थाका लागि सहयोग खोज्नु र आफ्नो हेरचाह गर्ने कार्यले व्यक्तिलाई डिप्रेसनको समस्याबाट मुक्त हुन सहयोग पुग्दछ।

एउटा छान्नुहोस्

अघिल्लो अर्को