Depression and Anxiety-01-min.png

डिप्रेसन र एन्जाइटी

किशोर वा युवावस्थामा चिन्ता हुनु, दुःखी हुनु वा तनाव महसुस गर्नु कुनै नौलो कुरा हैन । यी कुराहरू तबमात्र मानसिक स्वास्थ्यमा समस्याको रुपमा देखापर्दछन् जब यसले तपाईको सामान्य दैनिकी र सम्बन्धहरूलाई असर पार्न थाल्दछन् । जब यी कुराहरूले तपाईको सोचाई, व्यवहार, भावनाहरूमा गहिरोसँगै असर पारिरहेको हुन्छ तब भने तपाईको मानसिक स्वास्थ्यमा समस्या भएको मानिन्छ ।

मानसिक स्वास्थ्यको अवस्था विभिन्न प्रकारका छन् । कुनै हामी धेरै मात्रामा पाउँछौ भने कुनै भने अधिकाँश मानिसमा देखिदैँन ।

किशोरकिशोरी र युवाहरूमा अधिकाँश रुपमा २ किसिमका मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिन्छ, एउटा डिप्रेसन र अर्को एन्जाइटी । चिकित्सक वा मानसिक स्वास्थ्यसम्बन्धी विज्ञले मात्र व्यक्तिमा कुन र कस्तो किसिमको मानसिक स्वास्थ्य अवस्था देखिएको हो भनेर बताउन सक्दछ तर यसबारे जानकारी भने हामी सबैले लिनु पर्दछ । तल हामीले केहि मानसिक स्वास्थ्य अवस्थाबारे उल्लेख गरेका छौं ः

अघिल्लो अर्को