मानसिक स्वास्थ्यको बारे सबैले कुरा गरिरहेका छन्!
"हामी सबैको केहि भ्यालू छ। यो (जीवन) यात्रामा मलाई पठाइएको छ भने म यो
यात्रा मा हिड्नु पर्छ। यहाँ कहिले गार्हो होला, कहिले सजिलो होला, जीन्दगीमा गिभ अप चै गर्नु हुदैन।"
- शैली बस्नेत, "सेभेन समिट्स मिशन" को, विश्वकै पहिलो महिला टिमको लिडर र हास्य कलाकार.
यदि तपाईँले माथिको भिडियो हेर्न सक्नु भएन भने, तपाईँले यसलाई डाउनलोड गर्न . गर्नुहोस्

NEW SECTION TITLE
"मानसिक स्वास्थ्य बारे हर कोहिले खुलेर कुरा गर्न अथवा आफ्नो कुराहरू भन्न नसक्ने हुनाले, त्यसको लागि हामीले मानसिक स्वास्थ्य परामर्शदाताहरू बारेमा जानकारी दिनुपर्छ – यदि त्यस्तो कुनै पनि समस्या भएमा तपाईं एक्लो हुनुहुन्न, विश्वमा धेरै मानिसहरूले यस्तो समस्या भोगिरहेका हुन्छन् भनेर उहाँहरूलाई जानकारी दिनुपर्छ ।”
"बालबालिका र युवाहरूलाई मानसिक स्वास्थ्यको पनि महत्व छ भनेर सचेत गराउनुपर्छ। अंग्रेजी मा भनिन्छ 'समटाइम्स इट्स ओके नट टू बी ओके' यो कुरा हामीले उनिहरूलाई बताउन सक्छौं।"

“मानसिक स्वास्थ्यलाई हर्ने दृष्टिकोण बदल्नुपछ । शारिरक स्वास्थ्य हाम्रो मानसिक स्वास्थ्यको उपज हो, जसरी विभिन्न अवस्थामा हाम्रो स्वास्थ्य अवस्था बिग्रिन्छ त्यसै गरि हाम्रो मानिसक स्वास्थ्य पनि तलमाथि हुन्छ सक्छ यसको बारेमा हामी सबैले खुलेर कुरा गनुपर्छ भन्ने सचेतना जगाउने ।”
"हाम्रो देशका प्रत्येक व्यक्तिले मानसिक स्वास्थ्य बुझ्नुपर्छ ताकि यसलाई अन्य रोगहरू जस्तै सामान्य बनाउन सकियोस्।"
