Dealing with bullies - WT - 336 by 140-01.png

बुलिङ गर्नेहरूसँग सामना

जब कुनै व्यक्तिले अर्को व्यक्तिलाई जानाजान निरन्तर मन दुखाउने काम गरिरहन्छ भने त्यसलाई हामी बुलिङ भन्न सक्छौं । बुलिङ कहिल्यै पनि सही कदम हुँदैन । बुलिङले गर्दा शारीरिक चोटपटक देखिने, विद्यालय जान मन नपराउने वा घरमा एक्लै निराश भएर बस्ने जस्ता समस्याहरू देखिन्छन् ।

बुलिङ प्रत्यक्ष रुपमा भेटेर पनि हुनसक्दछ भने अनलाईनको माध्यमबाट मान्छेसँग नभेटिकनै पनि हुन सक्दछ । अनलाईनको माध्यम भन्नाले अश्लील वा विभेदपूर्ण म्यासेजहरू पठाएर, सामाजिक सञ्जालमा नराम्रा कमेन्टहरू गरेर आदि । यसलाई हामी साइबर बुलिङ भन्दछौं । सबै प्रकारका बुलिङहरू पीडादायि हुने गर्दछन् ।

एकजना साथीसँग कुनै कुरामा विवाद भएर भनाभन हनुलाई हामी बुलिङ भएको भन्दैनौं । निरन्तर रुपमा चित्त दुख्ने कुरा भन्ने वा व्यवहार गर्नु मात्र बुलिङ हो ।

बुलिङको सामना गर्न सघाउ पु¥याउने केहि उपायहरू यहाँ हामीले उल्लेख गरेका छौं ः

  • वेवास्ता गरेर त्यहाँबाट हिँड्नुहोस् ः तपाईलाई जिस्काइरहेको वा बुलिङ गरिरहेका मानिसहरूको माझबाट उठेर कहि अन्तै जानुहोस् ।
  • बुलिङ गरिरहेको व्यक्तिलाई त्यसो नगर्न भन्नुहोस् ः बुलिङ गरिरहेको व्यक्तिको कार्यको विरोध स्वरुप शान्त भएर उभिएर तिमीले गरेको काम राम्रो होइन भन्ने सन्देश दिनुहोस् ।
  • उच्च जोखिम हुने स्थानबाट बच्नुहोस् ः यदि ती स्थानहरूमा नजाँदा तपाईलाई खास कुनै नोक्सानी हुन्न भने त्यस्ता बुलिङ हुनसक्ने स्थानमा नजानुहोस् ।
  • अरु मानिसहरूको साथमा बस्नुहोस् ः यदि तपाई आफ्ना साथीहरूबीच मात्र बस्नुभयो भने सम्भवत त्यो मानिस तपाईलाई बुलिङ गर्न नआउन सक्छ । तपाई आफ्ना शिक्षकहरू भएको ठाउँमा गएर पनि बस्न सक्नुहुन्छ ।
  • अन्य साथीहरूको सहयोग लिनुहोस् ः साथीहरूले तपाईको अवस्थालाई अनुभूत गर्न सक्दछन् र आवश्यक परेको खण्डमा सहयोग पनि प्रदान गर्न सक्छन् । जब तपाईको साथमा अन्य मानिसहरू हुन्छन् तब बुलिङ गर्ने मानिसहरू तपाईलाई बुलिङ गर्न धक मान्नेछन् ।
  • शिक्षकलाई भनिदिनुहोस् ः तपाईको शिक्षकले तपाईलाई यो समस्याको सामना गर्नमा सहयोग गर्न सक्छन् । तपाईलाई बुलिङ गरेर सताउने व्यक्तिलाई तपाईसँग तपाईको शिक्षकको साथ छ भन्ने कुराको हेक्का नभएको पनि हुन सक्छ । कतिपय अवस्थामा बुलिङसँग सामना गर्न सहज हुँदैन तसर्थ आफुभन्दा पाका उमेरका मानिसहरूको साथ र सहयोगले तपाईलाई सहज बनाउँछ ।
अघिल्लो अर्को