WHAT TO DO IN AN EMERGENCY? / आपतकालीन अवस्थामा के गर्ने ?

  • Keep the snakebite victim calm. DO NOT panic.
  • Get the victim to lie down - try not to move the bitten part. Loosen any tight clothing or jewelry.
  • DO NOT INTERFERE WITH THE WOUND SITE. Do not apply any home
  • remedies and DO NOT cut, burn, or suck, the bite site.
  • DO NOT feed anything.
  • Check the table below to find the antivenom centre closest to you. Phone them to inquire if they have antivenom serum available and ask if a health care worker is available. Inform them that you are on the way with a patient.
  • As soon as possible - transport the victim to a health care facility.
  • If a motorcycle is available - place the victim safely between the driver and the pillion rider. Remember: "bitten by snake - catch motorcycle rider-reach nearby snakebite treatment center - save life!"
  • If no transportation is available: use the website to find a health care worker who can give you advice over the phone.
  • Beware of dead snakes also. Do not try to catch or handle a dead snake. It may inflict reflex bite sometime after death also.
  • If feasible, take a photo to show the doctor. The doctor may be able to identify the snake and may be able to determine whether it is a poisonous snake or not.
  • Use any kind of transportation available. If taking a motorcycle - place the victim safely between the driver and the pillion rider. Remember: "bitten by snake – catch motorcycle rider– reach nearby snakebite treatment center – save life!"

  • सर्पले टोकेको व्यक्तिलाई शान्त राख्नुहोस्। आत्तिनु हुँदैन।
  • व्यक्तिलाई पल्टाउनुहोस्, र टोकेको अंग नचलाउने प्रयास गर्नुहोस्। कसिएको कपडा वा गहना लाई खुकुलो पार्नुहोस्।
  • घाउ भएको स्थानमा छुनु हुँदन। घरेलु उपचार प्रयोग नगर्नुहोस् र टोकेको ठाउँमा काट्ने, पोल्ने र चुस्ने नगर्नुहोस्।
  • सर्पले टोकेको व्यक्तिलाई केहि खान-पिन नदिनुहोस्।
  • तल दिएको नम्बर मध्ये, तपाईको नजिकको एन्टिभेनम केन्द्र पत्ता लगाउनुहोस्। उनीहरूलाई फोन गरेर सोध्नुहोस्- "के एन्टिभेनम सिरम उपलब्ध छ? के स्वास्थ्यकर्मी उपलब्ध छन्?" भन्नुहोस् कि तपाईं बिरामी लिएर त्यहाँ जाँदे हुनुहुन्छ।
  • जति सक्दो चाँडो सर्पदंश पीडितलाई स्वास्थ्य संस्थामा लैजानुहोस्।
  • यदि मोटरसाइकल उपलब्ध छ भने- पीडितलाई चालक र पछाडि बस्ने व्यक्तिबीच सुरक्षित रूपमा राख्नुहोस्। सम्झनुहोस्: "सर्पले टोकेको - मोटरसाइकल समाएको - उपचार केन्द्र पुगेको – ज्यान बचाएको!"
  • यदि यातायातको साधन उपलब्ध छैन भने: वेबसाइटमा हेरेर तपाईलाई फोनमार्फत सल्लाह दिनसक्ने स्वास्थ्यकर्मीको नम्बर खोज्नुहोस्।
  • मरेको सर्पप्रति पनि होसियार रहनुहोस्। मरेको सर्पलाई समात्ने वा छोइने प्रयास नगर्नुहोस्। कहिलेकाहीं मरेपछि पनि त्यसले प्रतिबिम्ब प्रतिक्रिया (reflex action) दिई टोक्न सक्छ।
  • यदि सम्भव छ भने, सर्पको फोटो खिच्नुहोस् र डाक्टरलाई देखाउनुहोस्। यसले सर्प विषालु हो वा होइन भनेर डाक्टरलाई पहिचान गर्न सजिलो बनाउँछ।
  • उपलब्ध कुनै पनि यातायातको माध्यम प्रयोग गर्नुहोस्। यदि मोटरसाइकल प्रयोग भइरहेको छ भने — पीडितलाई चालक र पछाडि बस्ने व्यक्तिको बीचमा सुरक्षित रूपमा राख्नुहोस्।
  • सम्झनुहोस्: "सर्पले टोकेको — मोटरसाइकलमा राखेको — उपचार केन्द्रमा पुर्‍याएको — जीवन बचाएको!"
अघिल्लो

Average Rating: (0 reviews)

Leave Your Feedback

Recent Reviews