स्तनपान सम्बन्धि सिफारिस गरिएका व्यवहारहरु

शिशु जन्मने वित्तिकै आमाको नागो छातीमा टँसाएर राख्ने ।

00001-02
  • आमाको छातीमा टाँसेर राख्दा शिशुलाई न्यानो हुन्छ ।
  • यसले आत्मियता बढाँउछ ।
  • बिगौति दूधको उत्पादनमा सहयोग गर्छ ।
  • आमासँग यसरी टाँसेर राख्नाले बालबालिकाको दिमागको विकास हुनमा प्रोत्साहन गर्छ ।

जन्मेको १ घण्टा भित्र स्तनपान गराउँन शुरु गर्न

  • आमाको पहिलो दूधलाई कोलोष्ट्रम (विगौती) भनिन्छ । यो बाक्लो एंव पंहेलो हुनुको साथै यसमा रोग प्रतिरोधात्मक तत्व पाइन्छ जसले बालबालिकालाई सुरक्षित राख्नमा मद्दत पुर्‍याउंदछ ।
  • जन्मने बित्तिकै स्तनपान शुरु गराउनाले दूध लगातार आईरहन मद्दत गर्दछ साथै दूध उत्पादन प्रशस्त मात्रामा भैरहन्छ भन्ने कुराको निश्चित गर्दछ ।
  • बालबालिका जन्मेदेखि पटक–पटक स्तनपान गराउनाले स्तन गानिने, सुन्निने, मुन्टो रातो हुने, घाउ हुने,

बालबालिकालाई पूर्ण स्तनपान गराउने (अरु कुनै खानेकुरा वा भफेल पर्दाथ नदिने)

art graphics-46
  • आमाको दूधमा बालबालिकाको लागि ६ महिना सम्म आवश्यक पर्ने सम्पूर्ण तत्वहरु रहेको हुन्छ ।
  • पहिलो ६ महिनासम्म बालबालिकालाई आमाको दूध बाहेक अरु कुनै भफेल कुराहरु, पानी पनि दिन जरुरी छैन । किनकि बालबालिकालाई चाहिने जति पानी आमाको दूधबाट नै प्राप्त हुन्छ ।
  • बालबालिकालाई अरु कुनै भफेल कुराहरु/पानी खुवाउनाले बालबालिकाले दूध कम चुस्न थाल्छ र स्तनबाट पनि कम दूध उत्पादन हुन्छ ।
  • बालबालिकालाई अरु कुनै भफेल कुराहरु/पानी खुवाउँनाले बालबालिकालाई भफडापखाला लाग्ने सम्भावना बढी हुन्छ ।

दनिमा र रातमा पन िपटक पटक स्तनपान गराइरहने

Untitled-1-98
  • नवजात शिशुलाई दिन र रातमा गरी कम्तीमा पनि १० देखि १२ पटक सम्म स्तनपान गराउने, जसले गर्दा दूधको उत्पादन पनि बढ्छ ।
  • दूध प्रशस्त खान पुगेको बालबालिकाले एक दिनमा (२४ घण्टामा) कम्तिमा ६ देखि ८ पटकसम्म पिसाब पफ्र्छे र पिसाब को रङ्ग सपफ हुन्छ । यदि २४ घण्टामा ६ पटक भन्दा कम पिसाब पफ्र्छे र पिसाब को रङ्ग गाढा पहेंलो, बाक्लो, एकदम गन्हाउने छ भने त्यो बालबालिकालाई आमाको दूध पुगेको छैन भनेर थाहा पाउनु पर्छ ।
  • आमाले बालबालिकालाई उपयुत्तफ् आसनमा पटक–पटक दूध चुसाउन पर्छ ।

माग अनुसार वा ठीक समयमा स्तनपान गराउने। बालबालिकाले खोजेको चाहेको प्रत्येक पटकमा दूध चुसाउने ।

00001-22

बालबालिकाले आमाको दूध खान चाहेको चिन्ह/संकेतहरु हुनः

  • चलमलाउनु छट्पटाउनु
  • मुख आँ गरि टाउको यता उती घुमाउनु
  • जिब्रो घरि घरि भित्र बाहिर गरि रहनु
  • औंला वा मुठी चुस्नु
  • रुनु भनेको भोकाएको अन्तिम संकेत दिनु हो

शिशुले दूध पुरै चुसिसकेपछि आपफ् ैमुण्टा छोडेपछि मात्र अर्को स्तनमा चुसाउने ।

  • बालबालिकालाई चाँडो चाँडो एक स्तनबाट अर्को स्तन चुसाउनाले स्तनको अन्तिम चुसाईमा पाउने पौष्टिक तत्व पाउन बाट वञ्चित हुन्छ ।
  • स्तनबाट पहिला आउने दूधमा पानीको मात्रा बढी भएकाले उसको प्याँस मेटाउँदछ, भने पछि आउने दूधमा बढी चिल्लो पदार्थ समावेश भएको हुन्छ र शिशुको भोक मेटाउँदछ ।

बालबालिका २ वर्ष वा सो भन्दा बढि उमेर सम्म लगातार स्तनपान गराइराख्ने ।

revised-95-95
  • बच्चालाई पूरक खाना खुवाउने अवधिमा पनि उसलाई चाहिने पौष्टिक तत्वहरु आमाको दूधमा हुने हुनाले स्तनपानको महत्वपूर्ण एंव उल्लेखनिय योगदान छ साथै बालबालिकालाई रोग लागनबाट पनि रक्षा गर्दछ ।
  • बालबालिका स्वस्थ हुनका लागि दुई वर्ष सम्म उसलाई स्तनपान निरन्तर गराउने ।

बालबालिका वा आमा बिरामी पर्दा पनि स्तनपान गराइरहनु पर्दछ ।

long revised-97 (1)
  • बच्चा बिरामी पर्दा भफ्न बढी दूध चुसाउनु पर्छ ।
  • जब आमा अथवा बालबालिका बिरामी पर्दछन् त्यो बेला शिशुलाई पौष्टिक तत्व र प्रतिरक्षात्मक सुरक्षा प्रदान गर्न आमाको दूध महत्वपूर्ण हुन्छ ।
  • स्तनपानले बिरामी बालबालिकालाई सुरक्षित राख्दछ ।
  • बच्चा स्वस्थ राख्नका लागि आमा र बालबालिका दुबैको सरसपफईमा ध्यान दिनु पर्दछ ।

आमाले भोक र तिर्खा मेटाउनको लागि खाना र भफेल पर्दाथ खानु आवश्यक छ ।

long revised-96
  • स्तनपान गराइरहेकी आमाले साविक भन्दा थप २ पटक खाना खानुपर्दछ ।
  • आमाको दूधको गुणस्तर तथा प्रशस्त दूध उत्पादन गर्न स्थानीय स्तरमै पाइने खाना खानु पर्दछ ।
  • स्थानीय स्तरमा उपलब्ध थप पोषिलो खाना साथै ज्वानोको भफे खान आमालाई प्रोत्साहन गर्ने ।
  • स्तनपान गराएकी आमालाई कुनै पनि खानेकुरा बार्नु पर्दैन सबै खानेकुरा खादा हुन्छ ।

बोतलको प्रयोग गरी दूध नखुवाउने ।

art graphics-52
  • बोतल र त्यसको मुन्टा सजिलै पफेहोर हुने हुनाले बालबालिकालाई दूध/भफेल खानेकुरा कचौरा र चम्चाले खुवाउनुपर्छ
  • बोतलको प्रयोग गर्नु हुँदैन ।
अघिल्लो