स्तनपानलाई प्रभाव पार्ने विशेष अवस्थाहरु

art graphics-06

विगौती दूध

  • स्थानीय विश्वास: विगौति दूध पफल्नु पर्दछ, यो बासी/बिग्रेको दूध हो, राम्रो हुन्न आदी ।
  • हामीलाई के थाहा छ: विगौती दूधमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता हुन्छ जसले नवजात शिशुलाईरक्षा गर्दछ । यसमा प्रशस्त भिटामिन ए पाउने भएकोले हल्का पहेँलो रंगको हुन्छ ।
  • नवजात शिशुको पेट धरै सानो (गुच्चा जत्रै हुन्छ । केहि थोपा विगौती दूधले राम्रोसँग भरिन्छ । यदि नवजात शिशुलाई पानी वा अरु चिज जन्मनासाथ दिइयो भने त्यसले पेट भर्छ र विगौती दूधको लागि कुनै ठाँउ हुँदैन।

art graphics-15

कम तौल वा महिना नपुगी जन्मेको बालबालिका

  • स्थानीय विश्वास: कम तौल वा महिना नपुगी जन्मेको बालबालिका अति सानो र कमजोर हुन्छ र आमाको दूध चुस्न/तान्न सक्दैन ।
  • हामीलाई के थाहा छ: महिना नपुगी जन्मेको बालबालिकालाई छातिमा टाँसेर राख्नुपर्दछ जसले उसको शरिरको तापत्रफ्म नियन्त्रण गर्दछ, श्वास प्रश्वास नियन्त्रण गर्दछ र स्तन सँग उसलाई प्रत्यक्ष सम्पर्कमा राख्दछ ।
  • महिना पुगेको तर कम तौलको बालबालिकाले विस्तारै चुस्न सक्छ त्यसैले उसलाई दूध खुवाउन प्रशस्तैसमय लगाउनु पर्छ ।
  • महिना नपुगी जन्मेको बालबालिकालाई उसको आमाको स्तनबाट त्यहि समय निस्केको दूध नै अति उत्तम हुन्छ र जब बालबालिकाको तौल र उमेर बढ्दै जान्छ सोही अनुसारको दूध निस्कन्छ । (उदारहणको लागि ७ महिनामा जन्मेको बालबालिकाको लागि त्यसवेला उसको आमाको स्तनबाट निस्कने दूध बालबालिकालाई चाहिने अनुसार नै बढि प्रोटिन, बढि चिल्लो भएको हुन्छ । महिना पुगेको बालबालिका पाउने आमाको भन्दा पफ्रक किसिमको हुन्छ)
art graphics-13
  • कसरी आसन मिलाउने चित्र हेर्नुहोस् ।
  • आमाले बालबालिकालाई ठिकसँग छातिमा टाँसी राम्रोसँग समाउनु पर्दछ ।
  • खुवाउने तरिका: धेरै समय लगाएरविस्तारै खुवाउनु उत्तम हो । कुनै अवस्थामा स्तनपान गराउन संभव नहुन सक्दछ तर आमाहरुलाई दूध निचोरेर बालबालिकालाई चम्चा र कचौराको प्रयोग गरि खुवाउन प्रोत्साहित गर्ने ।
  • यदि बालबालिका धेरै लामो समय सम्म सुतिरहन्छ भने, र धेरै लुगाको पत्रमा बेरेर राख्ने गरिएको छ भने केहि पत्र लुगा खोलेर उसलाई विउँभफउने र दूध खुवाउने ।
  • रुनु भोकाएको अन्तिम लक्षण हो । चनाखो हुनु र छट्पटाउनु, मुख खोल्नु र टाँउको घुमाउनु, जिव्रो भित्र वाहिर गर्नु वा मुठी चुस्नु भोकाएका लक्षणहरु हुन् । यी कुराहरु आमालाई सम्भफउने र बालबालिकाले भोकाएका चिन्हहरु देखाएपछि उसलाई दूध खुवाउन भन्ने ।

कङ्गारु मदर कियर (मायाको अंगालो)

art graphics-09

आसन: बालबालिका नाङ्गो हुनुपदर्छ (न्यापी, टोपी र मोजा मात्र लगाईदिने र उसलाई आमाको खल्लुा छातीतिर पर्फ्काएर दुई स्तनको बीचमा टाउको राख्ने र खट्टुा दुईतिर पफ्कुाएर एउटा कपडाले बाँधेर बालबालिकाको घाँटी सम्मको भागलाई कपडा भित्र लुकाउनु पर्दछ । यो कपडा आमाको छातीमा वेरिएको हुनुपर्दछ । यसरी बालबालिकालाई राख्दाः

  • आमा र बच्चाको छाती टाँसिएको हुन्छ ।
  • न्यानो राख्छ ।
  • बालबालिकालाई छातीको चाल र श्वाश प्रस्वासले सामान्य राख्दछ ।
  • स्तनसँग नजिक राख्दछ जसले स्तनपान गराउन सजिलो हुन्छ ।
  • आमाको गन्ध, स्पर्श, छुवाई, न्यानोपन, आवाज र स्तनपानको स्वादले बच्चालाई सपफ्ल स्तनपान गर्न उत्तेजित गर्दछ ।
  • चांडो र पुर्ण स्तनपान गराउन सघाउँदछ ।

जुम्ल्याहा

art graphics-14
  • दुबै बालबालिकालाई आमाले पूर्ण स्तनपान गराउन सक्छिन् ।
  • जति धेरै बालबालिकाले चुस्छन र आमाको स्तनबाट दूध निकाल्छन त्यति धेरै दूध उत्पादन हुन्छ ।
  • जुम्ल्याहा बालबालिकाको आमाले दुवै बालबालिकालाई पुग्ने गरि प्रशस्त दूध उत्पादन गर्न सक्छिन् यसको लागि बच्चाहरुलाई छिटो छिटो र राम्रोसँग टाँसेर दूध खुवाउनु पर्दछ ।
art graphics-16
  • जुम्ल्याहा बच्चाहरु जन्मिना साथ सकेसम्म चाडैँ स्तनपान शुरु गराउनु पर्दछ यदि बच्चाले चुस्न सकेनन् भने आमालाई दूध निचोर्न सहयोग गरी चम्चा र कचौराले खुवाउन सिकाउनु पर्दछ। दुवै बालबालिकालाई पुग्ने दूध उत्पादन गर्न जति सक्दो चाँडै दूध चुसाउन शुरु गराउनु पर्दछ ।
  • विविध आसन बारे बताउँने काखमा राखेर एउटा हात मुनी वा एउटा पछाडी राखेर स्तनपान गराउने ।

आमाको दुधखान नमान्ने

art graphics-37

स्तनपान गर्न अस्वीकार गर्ने बालबालिका: प्राय जसो दूध खान अस्वीकार गर्ने खराव अनुभवको कारणले हुन्छ, जस्तैः

आसन नमिल्नाले टाउकोमा दबाब ।

  • दूधमा थुनेलो भएको कारणले दूध खांदा नुनिलोपना आउने हुँदा अस्वीकार गरेको हुन सक्दछ ।
  • बालबालिकामा कुनै बिरामी वा रोगको कारणले (मुखमा सेतो जालो/घाँउले खान मन नगरेको हो की परिक्षण गर्ने ।
  • यदि बालबालिका बिरामी भए उपचारको लागि लिएर जाने ।
  • बालबालिकालाई आमाको छातीमा टाँसेर राख्ने, बालबालिकालाई खुवाउनु भन्दा अघि खेलाएर काखमा राख्ने । शुरुमा बालबालिका स्तनको नजिक जानै नचाहाने हुन सक्दछ । कुनै एक आसनमा राखेर खेलाउने र विस्तारै समय लिएर उसलाई स्तनको नजिक ल्याउने ।
  • बालबालिकालाई विविध आसनहरुमा राखेर खुवाउने कोशिस गर्न लगाउने।
  • बालबालिका पूर्ण रुपमा भोकाएको (तर नरोएको) र पूर्ण रुपमा विउँभफ्कोे (चनाखो) अवस्थामा आउन दिने ।
  • जवसम्म बालबालिकाले मुख खोल्दैन तवसम्म उसको तल्लो ओठलाई दूधको मुन्टाले छुन लगाउने ।
  • बालबालिकालाई दूध खान कर नगर्ने र मुख खुलाउन पनि कर नगर्ने वा बालबालिकाको चिउडो तल नतान्ने यसले गर्दा बालबालिकाले भफ्न् दूध खान अस्विकार गर्न सक्छ ।
  • बालबालिकाको टाउको नसमाउने ।
  • जबसम्म बच्चाले चुसेर खान चाहदैन तबसम्म कचौरामा निचोरेर चम्चाले खुवाउने ।
  • बालबालिकाकै मुखमा दूध सिधै निचोरीदिने ।
  • बालबालिकालाई वोतलबाट दूध नखुवाउने ।

नयाँ गर्भर्वती

art graphics-38
  • स्थाानीय विश्वास: पूनः गर्भवती भएको थाहा हुनासाथ स्तनपान गराउन रोक्नु पर्दछ ।
  • हामीलार्ई के थाहा छ: बालबालिका कम्तीमा २ वर्ष सम्म स्तनपान गराउनु महत्वपूर्ण छ ।
  • गर्भवती महिलाले सुरक्षित साथ आपफ््नो पहिलो बालबालिकालाई स्तनपान गराउन सक्दछिन, त्यसको लागि र आपफ््नो राम्रो स्वास्थ्य कायम राख्न उनले प्रशस्त पोषिलो खानेकुरा खानु पर्दछ । आपफ््नो लागि, नयाँ बालबालिका र हुर्केको बालबालिकाका लागि पनि गर्भवती महिलाले विशेषतः प्रशस्त पोषिलो खानेकुरा खानुपर्दछ ।
  • उनी गर्भवती भएको कारणले उनको दूधमा थोरै मात्रामा विगौती दूध मिसिएको हुन्छ । जसले गर्दा काखको बालबालिकालाई पखाला लागन सक्दछ । केही दिनपछि काखको बालबालिकालाई यो दूधको कारणले पखाला लाग्दैन ।
  • उनी गर्भवती छन् भने काखको बालबालिकाले मुन्टा चुस्दा कहिले काही दुख्दछ । यदि गर्भपतनको जानकारी छैन भने दुवै बालबालिकालाई दूध खुवाउनु पूर्ण सुरक्षित छ र कुनै पनि बालबालिकालाई यसले असर गर्दैेन । त्यहाँ दुवै बालबालिकाको लागि प्रशस्त दूध हुन्छ ।

आमा, बालबालिका भन्दा टाढा भएको अवस्था

art graphics-39

स्थाानीय विश्वास: घर भन्दा वाहिर वा घर भन्दा टाढा काम गर्ने आमालेआपफ््नो बालबालिकालाई पूर्ण स्तनपान गराउँन निरन्तरता दिन सक्दैनन् ।

  • राती बालबालिकालाई छिटो छिटो खाने मौका दिनु पर्दछ तथा जव आमा घरमा हुन्छीन तव छिटो छिटो खान दिनुपर्दछ ।
  • आमाले कामको त्रफ्ममा बालबालिकालाई आपफ्सुँगै राख्न सक्छिन वा बीच बीचमा घरमा जान सम्भव हुन्छ भने, त्यस्तो अवस्थालाई प्रोत्साहन गर्नुपर्दछ । यसले गर्दा बालबालिकाले छिटो छिटो दूध खान पाउँदछ ।
  • स्तनपान गराउँदा परिबारेले घरायसीकाममासहयोग गर्नुपर्दछ ।

रोईरहेको बालबालिका

art graphics-40

बालबालकिा कनि रोइरहेको छ भन्ने पत्ता लगाउन सहयोग गर्ने र उनको/भोगाईलाई सुन्ने ।

  • अप्ठ्यारो – तातो, पफेहोर, चसिो
  • थकान – धेरै भेट्ने मान्छे आएकोले
  • बरिामीपन वा दुखाई: यस्तो अवस्थामा रुवाइको तरकिा पफ्रक हुन्छ ।
  • भोकाएर–चाहएि जतकिो प्रशस्त आमाको दूध नपाएको बालबालकिाको भोक वढ्दै गएकोले ।
  • पेटमा अचानक हुने दुखाई ।

बिरामी आमा

art graphics-41
  • सामान्य बिरामी भएको बेलामा आमाले स्तनपानलाई निरन्तरता दिन सक्दछिन् (लामो र सिकिस्त बिरामी अवस्थाका ेलागि स्वास्थ्य संस्थामा सहयोग लिन सल्लाहदिने) ।
  • आपफ््नो शिघ्र स्वास्थ्य लाभको लागी आराम गर्ने, भफेल, पोषिलो खाना तथा पानी प्रशस्त खाने ।
  • परिवारले आवश्यक सहयोग गर्ने ।

अति दुब्लो तथा कुपोषित आमा

art graphics-42
  • स्थानीय जन विश्वासः अति दुब्लो तथा कुपोषित आमाले प्रशस्त दूध उत्पादन गर्न सक्दिनन् ।
  • हामीलाई के थाहा छः स्वास्थ्य र तन्दुस्त रहन आमाले उचित पूर्ण पोषणयुत्तफ् खाना खान महत्वपूर्ण छ ।
  • दुब्लो तथा कुपोषित आमाले पनि आपफ््नो बालबालिकालाई यदि छिटो छिटो स्तनपान गराईन् भने प्रशस्त दूध उत्पादन गर्न सक्छिन् । (जुन प्रायः बालबालिकाले पाउने वा खुवाइने अन्य खाना भन्दा राम्रो गुणस्तरको हुन्छ) ।
  • धेरै पटक स्तन चुसाउने र स्तनबाट सम्पूर्ण दूध निकाल्ने गर्दा थप दूध उत्पादन गर्नमा सहयोग हुन्छ ।
  • आमाले राम्रो र तन्दुरुस्त स्वास्थ्यको लागि धेरै पोषण युत्तफ् खाना खानुपर्दछ । (आमालाई राम्रो पोषणयुत्तफ् खाना खुवाउन पर्दछ किनभने उनले बालबालिकालाई स्तनपान गराउनु पर्दछ)।
  • स्तनपान गराइरहेकी आमाले सुत्केरी भएको ६ हप्ता भित्र भिटामिन ए खानु पर्दछ । साथै दैनिक आइरन चक्की खानु पर्दछ ।
  • यदि आमा पुर्ण रुपमा कुपोषित भए उनलाई स्वास्थ्य संस्थामा जचाउन पर्दछ ।

भित्र धसिएको मुन्टा

  • मुन्टालाई बिस्तारै घुमाउरो तरिकाले हल्का रुपले मालिस गर्दै वाहिर तान्ने ।
  • यदि संभव भए कोही अर्को स्तनपान गरिरहेको बालबालिकालाई मुन्टा चुस्न लगाउने ।
  • दूध निचोरेर चम्चा र कचौराले ख्वाउने ।
अघिल्लो अर्को