art graphics-06

विगौंति दूधको महत्व

  • बालबालिका जन्मे पश्चात् आमाको स्तनबाट आउने पहिलो पहेँलो, बाक्लो दूध नै विगौंति दूध हो ।
  • विगौंति दूधमा विभिन्न रोगहरुसँग लड्ने प्रतिरोधात्मक तत्वहरु हुने भएकोले यसले बालबालिकालाई रोगहरुबाट बचाउँछ ।
  • विगौंति दूधले बालबालिकाको पाचन प्रणालीले सजिलै पचाउन सक्ने विभिन्न पोषक तत्वहरु धेरै मात्रामा प्रदान गर्छ ।
  • विगौंति दूधले बालबालिकाको शरीरबाट बिलिरुबीन नामक तत्वलाई निष्काशन गर्न मद्दत गर्छ जसले गर्दा कमलपित्त (जण्डिस) हुन दिंदैन।
  • विगौंति दूधमा प्रोटिन, भिटामिन ‘ए’ र अन्य सूक्ष्म पोषक तत्वहरु बढी मात्रामा पाईन्छ जसले गर्दा बालबालिकाको वृद्धि— विकासमा मद्दत गर्छ ।
  • विगौंति दूधले बालबालिकालाई एलर्जी अथवा खाना नपच्ने हुन दिँदैन ।


स्तनपानको महत्व

बालबालिकाको लागि स्तनपान (आमाको दूध) को महत्व

art graphics-10
  • आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ ।
  • यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ ।
  • यो सधैँ सफा र सुरक्षित हुन्छ । ड्ड यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ ।
  • यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।
  • बालबालिकाको लागि यो पूर्ण खाना हो। यसमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु प्रर्याप्त मात्रामा हुन्छ ।
  • यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।
  • यो बालबालिकाले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्वहरु शरीरले राम्ररी सोस्न सक्छ ।
  • यसले एलर्जी विरुद्ध रक्षा गर्छ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न दिदैन ।
  • यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।
  • आमासँग पटक–पटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ । ६ महिना पछि पनि शिशुको पोषणको धेरै आवश्यकता पूरा गर्छ ।
अर्को