art graphics-13

आमाको लागि स्तनपानको महत्व

  • बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ ।
  • बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसााएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।
  • आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन । आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ । यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ। यो कम खर्चिलो हुन्छ ।
  • आमा र बालबालिका बीचको माया ममता बढ्छ । बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छ ।
  • महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।
  • महिनाबारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रुपमा काम गर्छ ।


परिवारका लागि स्तनपानको महत्व

art graphics-54
  • अन्य दूध किन्ने पैसाको बचत हुन्छ । दाउरा, अरु इन्धन खर्च हुँदैन । यो बचेको पैसाले परिवारमा जरुरी परेका अन्य कुराहरु किन्न सकिन्छ ।
  • अन्य दूध खुवाउँदा बालबालिकाहरु बिरामी भएर लाग्ने औषधी खर्च हुदैन । आमा र बालबालिका दुबै स्वस्थ रहन्छन् ।
  • समयको बचत हुन्छ किनभने आमाको दूध सँधै तयारी र भनेको समयमा पाइन्छ ।
  • समुदाय वा राष्ट्रका लागि स्तनपानको महत्व
  • अन्य कृत्रिम दूध आयात गर्नु पर्दैन जसबाट राष्ट्रिय आम्दानी बचत हुन्छ र यसलाई अरु कुनै काममा खर्च गर्न सकिन्छ ।
  • स्वस्थ बालबालिका पछि स्वस्थ नागरिक बन्छ र देशको बिकासमा सहयोग गर्दछ ।
  • बाल रोगहरुमा आउने कमीले यसको उपचारमा हुने राष्ट्रिय खर्च घटाउँछ । बाल मृत्युदर घटाउँछ ।
अघिल्लो अर्को