आमाको दूध पर्याप्त नआएमा

  • बालबालिकालाई आमाको नाङ्गो जिउमा (छातीमा) टाँसेर राख्ने।
  • जन्मेको १ घण्टा भित्रैमा स्तनपान सुरु गराउने
  • बालबालिकासंगै बस्ने । ड्ड सही स्तन सम्पर्क भएको यकिन गर्ने ।
  • बालबालिकालाई माग अनुसार स्तनपान गराईएको यकिन गर्ने।
  • बालबालिकाले एउटा स्तनको दूध निखारे पछि मात्र अर्को स्तन चुसाउने ।
  • बालबालिकालाई दिन र रातमा स्तनपान गराउने ।
  • बालबालिकालाई बोतलबाट दूध नखुवाउने ।
  • उपयुक्त परिवार नियोजनको साधन छनौट गर्न प्रोत्साहन गर्ने।


आमाको दूध पर्याप्त नआएमा: व्यवस्थापन

  • बालबालिकालाई आफ्नो दूध पुग्दैन भनी आमाद्वारा ब्यक्त चासोलाई ध्यानपूर्वक सुन्ने ।
  • कठिनाईको स्पष्ट कारण पत्ता लगाउने (गलत दूध खुवाउने बिधि, आमाको मानसिक स्थिती, आमा वा बालबालिकाको स्वास्थ्य अवस्था) बालबालिकाको तौल दिसा, पिसाबको अवस्था जाँच गर्ने (यदि तौल सही वृद्धि भएको छैन भने स्वास्थ्य संस्थामा पठाउनु पर्छ ।
  • आमाले उनको बालबालिकाको लागि पुग्ने दूध पर्याप्त मात्रामा उत्पादन गर्न सक्छिन् भन्ने कुरामा विश्वस्त पार्ने ।
  • बालबालिकालाई दूध निखारेर खुवाएमा दूधको उत्पादन बढ्ने कुरा ब्याख्या गर्ने ।
  • सही स्तन सम्पर्क भए नभएको जाँच गरी सुधार गर्ने ।
  • पानी, बट्टाको दूध, चिया अथवा अन्य झोल पदार्थहरु खुवाएको भए त्यसलाई रोक्ने ।
  • सकेसम्म बालबालिका र आमा नछुट्टिने । (छुट्टिन परेको खण्डमा निचोरेर राखेको दूध खुवाउने)
  • बालबालिकालाई स्तनपान गराउने तरिकामा सुधार गर्दै दिन र रातमा गरि ३—४ घण्टाको फरकमा स्तनपान गराउने । (माग अनुसार)
  • बालबालिकालाई आफै दूध छाड्न दिने ।
  • आमाले पर्याप्त खाना तथा झोलिलो कुरा खाएको यकिन गर्ने ।
  • बालबालिकाले जति दूध चुस्छ त्यति बढि दूध उत्पादन हुन्छ ।
  • सकेसम्म आमा बालबालिकाको सामिप्यता कायम राख्ने ।
अघिल्लो अर्को

Average Rating: (0 reviews)

Leave Your Feedback

Recent Reviews

Notifications