chieck pox arts-02

तपाईंले थाहा पाउनुपर्ने कुराहरू

धेरै देशहरूमा एमपक्सको प्रकोप फैलिरहेको छ –

  • यसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
  • एमपक्स रोकथाम गर्न सकिन्छ । धेरै मानिसहरू पूर्ण रूपमा निको हुन सक्दछन् तर केही गम्भीर रूपमा बिरामी पनि पर्न सक्दछन् ।
  • यसका लक्षणहरू असहज र पीडादायी हुन सक्दछन् ।
  • एमपक्सले जोसुकैलाई पनि असर गर्न सक्छ तर यस प्रकोपमा के देखिएको छ भने पुरुषसँग यौन क्रियाकलाप गर्ने पुरुषहरू सङ्‍क्रमित भएका धेरै घटना छन् ।
  • यस प्रकोपबारे हामीलाई थाहा भएका कुराहरू छिटो छिटो परिवर्तन भइरहेका छन् – हामी प्रत्येक दिन थप सिकिरहेका छौं ।

प्रायः देखिने एमपक्सका लक्षणहरू निम्‍नानुसार छन् –

  • अनुहार, हात, पैताला, शरीर वा मलद्वार वरिपरिका क्षेत्र वा यौनाङ्गहरूमा दाग आउने
  • मुख, घाँटी, आँखा, योनी र मलद्वारमा दाग आउने
  • ज्वरो
chieck pox arts-05
  • लिम्फ नोडहरू सुन्निने
  • टाउको दुख्‍ने
Layer 2
  • मांसपेशी र ढाड दुख्‍ने
Layer 1
  • थकित महसूस हुने
  • मलद्वारबाट भित्रपट्टि ठूलो आन्द्राको तल्लो भाग सुन्निएर पीडा हुने (प्रोक्टाइटिस)
  • पिसाब फेर्दा पीडा वा अप्ठ्यारो महसूस हुने

chieck pox arts-03

यस्ता लक्षण भएका मानिससँगको निकट सम्पर्कबाट तपाईंलाई एमपक्स यसरी सर्न सक्छ –

  • छालाबाट छालामा (जस्तै– लक्षण भएकालाई छुँदा, उनीहरूसँग मलद्वार वा योनीमार्फत यौन सम्पर्क गर्दा)
  • सम्मुख पर्दा (जस्तै– कुराकानी गर्दा, अगाडि बसेर गीत गाउँदा वा श्वासप्रश्वासबाट समेत)
  • मुखबाट छालामा (जस्तै – मुखमैथुन)
  • मुखबाट मुखमा (जस्तै – चुम्बन)
  • सङ्‍क्रमित व्यक्तिको ओछ्यान, तौलिया, लुगा, बसेको/रहेको स्थान वा सङ्‍क्रमितले प्रयोग गरेका वस्तुहरूबाट

एमपक्सबाट आफूलाई यसरी जोगाउनुहोस् –

  • तपाईंले चिने जानेको कसैलाई एमपक्स भएको पत्ता लागेको वा आशङ्का गरिएको छ भने उक्त व्यक्तिसँग निकट सम्पर्कमा नजानुहोस् ।
chieck pox arts-04
  • लक्षणहरूबारे थाहा पाउनुहोस् र आफूलाई नियमित रूपमा निरीक्षण गर्नुहोस् ।
  • तपाईंमा लक्षणहरू देखिएका छन् भने स्वास्थ्य सल्लाह लिनुहोस् र परीक्षण नहुँदासम्म आफुलाई अरूबाट अलग (सेल्फ आइसोलेशनमा) राख्नुहोस् ।
  • उपलब्ध भएसम्म खोप लगाउनुहोस् ।
  • तपाईं एमपक्स भएको कोही व्यक्तिसँग बस्नुभएको छ भने सङ्‍क्रमणको जोखिम न्यूनीकरण गर्ने सुझावहरूको पालना गर्नुहोस् ।

एमपक्स यौनका माध्यमबाट फैलन सक्दछ –

  • धेरै जनासँग वा नयाँ पार्टनरहरूसँग यौन सम्पर्क राख्ने मानिसहरू सबैभन्दा बढी जोखिममा छन् ।
  • आफूमा लक्षणहरू देखिएका त छैनन् भनी नियमित रूपमा जाँच गर्नुहोस् र आफ्नो पार्टनर (यौन सम्पर्कमा रहेको)लाई पनि लक्षणहरूबारे जाँच गर्न लगाउनुहोस् ।
  • एमपक्सले तपाईंको समुदायलाई प्रभावित बनाएको छ भने तपाईंले यौन सम्पर्क राख्ने पार्टनरहरूको सङ्ख्या घटाएर, नयाँ पार्टनरसँग यौन सम्पर्क गर्नुअघि केही समय पर्खिएर वा यौन सम्पर्कबाट विश्राम लिएर जोखिम कम गर्न सक्नुहुन्छ ।
  • खुला संवादहरू गर्नुहोस् तर यस्ता संवादका आधारमा कसैप्रति धारणा विकास नगर्नुहोस् । यौन पार्टनरहरूसँग नियमित कुराकानीका लागि सम्पर्क माध्यम कायम गर्नुहोस् र लक्षणहरू देखापरेमा एकअर्कालाई जानकारी दिने कुरामा सहमत बनाउनुहोस् ।
  • यौन सम्पर्कबाट सर्ने केही सङ्‍क्रमणहरूलाई कण्डमले रोकथाम गर्छ । कण्डमको प्रयोगले तपाईंलाई एमपक्सको प्रत्यक्ष जोखिम कम गर्न मदत गर्न सक्छ तर यसले तपाईंलाई अन्य निकट सम्पर्कबाट सङ्‍क्रमित हुने जोखिमबाट भने जोगाउन सक्दैन ।

तपाईंलाई एमपक्ससङ्‍क्रमण भएको आशङ्का भएमा –

chieck pox arts-06
  • स्वास्थ्यकर्मीबाट सल्लाह लिनुहोस् ।
  • परीक्षण गराउनुहोस् ।
  • तपाईंका डक्टर वा स्वास्थ्यकर्मीले सुझाउनुभएको छ भने घरमा आफूलाई अरूबाट अलग (आइसोलेट) राख्नुहोस् ।
  • तपाईंमा देखा परेका वा पर्नसक्ने दागहरूका साथै आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुहोस् ।
  • अरूसँगको निकट सम्पर्कलाई रोकेर अरूलाई जोखिमबाट जोगाउनुहोस् ।
  • आफूलाई आइसोलेट गरेको समयमा यदि अरूसँग एउटै घरमा रहनुभएको छ भने छुट्टै कोठामा बस्नुहोस् । पटक पटक हात धुनुहोस् । तपाईंले छोएका वस्तु वा तपाईं बसेको ठाउँलाई बारम्बार सफा गर्ने वा सङ्व्रमण रोकथाम गर्ने औषधि वा वस्तु प्रयोग गरी पुछ्नुहोस् र झ्याल खुला राख्नुहोस् ।
  • आफ्ना पाल्तु जनावरहरूसँग सम्पर्कमा नरहनुहोस् ।

कुनै रोगका कारण मानिसलाई कलङ्कित गर्ने वा हेलाँ गर्ने कुरा कहिल्यै पनि सही हुन सक्दैन ।

एमपक्स जोसुकैलाई पनि हुन वा सर्न सक्दछ ।

हामी सामूहिक रूपमा यस महामारीको अन्त्य गर्न सक्‍नेछौं।

अर्को