पालियोको रोकथाम
पोलियोलाई खोप, व्यक्तिगत सरसफाई र सुरक्षित खानाको माध्यम मार्फत प्रभावकारी रूपमा रोक्न सकिन्छ। खोप प्राथमिक र सबैभन्दा प्रभावकारी रोकथामको उपाय हो। साबुन र पानीले नियमित हात धुने, र फोहोरमैलाको सुरक्षित विसर्जन लगायत राम्रो सरसफाइले पोलियोभाइरस फैलिनबाट रोक्न मद्दत गर्छ।


पोलियो बिरुद्ध खोप (Polio Vaccine)
पोलियो रोग विरुद्धको खोप लगाउनु नै यो रोगबाट सुरक्षित हुने सबैभन्दा उत्तम रप्रभावकारी उपाय हो । यो रोग विरुद्धको खोप दुई प्रकारका हुन्छन् । ती मध्येएउटा खोप मुखबाट खुवाउनु पर्छ जसलाई ओ.पि.भी. खोप भनिन्छ र अर्को खोपसूईबाट दिनुपर्छ जसलाई आई.पि.भी. खोप भनिन्छ ।
ओ.पि.भी. खोपलाई ओरल पोलियो भ्याक्सिन (Oral Polio Vaccine) भनिन्छर आई.पि.भी. खोपलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन (Oral Polio Vaccine) भनिन्छ ।

पोलियो रोग विरुद्धका २ प्रकारका खोपहरू कति पटक लगाउनु पर्दछ:
पोलियो रोग विरुद्धका दुईवटा खोपहरू मध्ये–
ओ पि भी खोप नियमित खोप सेवाको माध्यमबाट ३ पटक लगाउनुपर्छजसमा पहिलो पटक ६ हप्ताको उमेरमा, दोस्रो पटक १० हप्ताको उमेरमा रतेस्रो पटक १४ हप्ताको उमेरमा लगाउनुपर्छ ।
ओ पि भी खोप नियमित खोप सेवाको माध्यमबाट दुई पटक लगाउनुपर्छजसमा पहिलो पटक १४ हप्ता र दोस्रो पटक ९ महिनाको उमेरमा लगाउनु पर्छ।
ओपिभी खोपबाट मात्र पोलियो रोगबाट सुरक्षित हुन सकिदैन र ?
सकिदैन । पोलियो रोगबाट पूर्णरुपमा सुरक्षित हुन आई.पि.भी. खोप पनि लगाउनुपर्छ । किनभने, पोलियो रोग विरुद्ध दिइने यी दुई प्रकारका खोपहरूले एक अर्कोखोपले प्रदान गर्ने प्रतिरोध क्षमतालाई सुदृढ गर्न परीपूरकको रुपमा काम गर्दछन्। त्यसैले यो रोगबाट पूर्णरुपमा सुरक्षित हुन ती दुबै खोपहरू लगाउनु पर्छ ।
याद गर्नुहोस्, ओ.पि.भि. खोपको सट्टामा आई.पि.भी. खोप प्रयोग गरिएको होइन।
थप जानकारीको लागि टोल फ्री नम्बर १११५ मा फोन गर्नुहोस्