art2 (16)

पोलियो रोग

यो रोग पोलियो (Polio) नामक भाइरसबाट हुने सरुवा रोग हो । यो रोग लागेका बच्चाहरूमा शरिरको कुनै पनि अंग पक्षघात गराउनुको साथै कहिले काही यसले मृत्यु समेत गराउँछ । पोलियो रोग तीन किसिमका (P1, P2, P3) भाइरसका प्रजातिबाट हुन्छ । विश्वव्यापी रुपमा यो रोगलाई उन्मूलन गर्ने लक्ष्य राखिएको छ । सन् २०१० अगस्ट देखि हालसम्म नेपालमा पोलियो रोगी देखा परेका छैनन ।


सर्ने तरिका

art2 (14)

पोलियो रोगीको दिसामा यस रोगको भाइरस पाइने भएको हुनाले पोलियो भाइरस दुषित खाना र पानीको माध्यमबाट स्वस्थ्य व्यक्तिमा सर्दछ ।

भाइरस आन्द्रामा गई संख्यात्मक रूपमा बृद्धि हुन्छ र रगतको माध्यमबाट स्नायु कोषमा आक्रमण गरी पक्षाघात गराउँछ ।

वातावरणीय सरसफाइ (Environmental Sanitation)नभएमा वातावरणमा पनि यो रोगका भाइरस लामो समयसम्म जिवित रहन्छन ।


लक्षण र चिन्ह

art2 (13)

रोगको लक्षण शुरु हुनभन्दा १० दिन अगाडि देखि र पहिलो लक्षण देखिएको १० दिन पछिसम्म यो रोग अरूलाई यो रोगले एकैपटक धेरै मानिसहरूमा संक्रमण गरेता पनि प्रायः

संक्रमित व्यक्तिहरूमा पोलियो रोगका लक्षणहरू देखा पर्दैनन् तर संक्रमित व्यक्तिले अरूलाई रोगका भाइरस सार्ने सम्भावना बढी हुन्छ,

पोलियोका भाइरसद्वारा संक्रमित बच्चा प्रायः सामान्य देखिन्छन र रोगको कुनै पनि लक्षण नदेखिने भएता पनि ५ प्रतिशत भन्दा कम बच्चाहरूलाई भने रुघाखोकी, ज्वरो आउने, पातलो दिसा लाग्ने, टाउको दुख्ने र पेट दुख्ने जस्ता लक्षणहरू देखिन्छन्, .

प्रथम लक्षण शुरु भएको पहिलो हप्ताभित्रै ज्वरो आउने, मांशपेशी दुख्ने र लुलो लंगडो हुने लक्षणहरू देखा पर्दछन् ।

लुलोपना एउटा अथवा दुवै हात वा खुट्टामा वा कुनै अंगमा हुन सक्दछ, यदि कुनै घरको एक बच्चालाई पोलियो रोग पाइएमा घरका बाँकी बच्चामा पनि पोलियो भाइरसको संक्रमण हुन सक्दछ ।

अर्को